Like us!
Follow us!
Connect us!
Watch us!

पुस ११ मा बुकक्लोज: मिथिला लघुवित्तका सेयरधनीले लाभांश प्राप्त गर्ने अवसर

अर्थ संसार

आइतबार, ०७ पुस २०८१, २० : ४१ मा प्रकाशित

पुस ११ मा बुकक्लोज: मिथिला लघुवित्तका सेयरधनीले लाभांश प्राप्त गर्ने अवसर

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांशको प्रस्ताव पारित गर्नको लागि साधारण सभा बोलाएको छ।

लघुवित्तले पुस २८ गते आइतबार, कोमल होटल प्रा.लि.को सभाहल, मिथिला नगरपालिका ६, ढल्केबर, धनुषामा १६ औं वार्षिक साधारण सभा आयोजना गर्नेछ, जुन बिहान ११ बजे सुरु हुनेछ।

यस सभामा संस्थाले चुक्ता पूंजीको १४.२५ प्रतिशतको दरमा बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, मर्जर र एक्विजिशनसँग सम्बन्धित कार्य गर्न, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न, तथा संस्थापक समूहबाट १ जना र सर्वसाधारण समूहबाट १ जना नयाँ सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

साधारण सभा र लाभांश वितरणका लागि लघुवित्तले पुस ११ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यस आधारमा, पुस ९ गतेसम्म नेप्सेमा कारोबार भइरहेको सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्षम हुनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको