अघिल्लो दुई साता उल्लेख्य रुपमा बढेको सेयर बजारमा आइतबार दोहोरो अङ्कको करेक्सन भएको छ ।
गत साताको बिहीबार ३२.७७ अङ्कले घटेको सेयरबजारमा आज पनि दोहोरो अङ्कको गिरावट देखिएको हो । साताको पहिलो कारोबार दिन आज २१.०३ अङ्कले घटेर नेप्से परिसूचक २०८८.०७ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल छ अर्ब २७ करोड ४३ लाख २४ हजार आठ सय ११ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने बढेर सात अर्ब ११ करोड १७ लाख ३३ हजार आठ सय २९ रुपैयाँ पुगेको छ । बजार घट्दा आज कारोबार रकम भने वृद्धि भएको हो ।
आज सर्वाधिक कमाउने कम्पनीहरुमा सामलिङ पावर, कालिका पावर, चिरख्वा हाइड्रो, बिपिडब्ल्यु लघुवित्त, बोटलर्स नेपाल, सूर्यज्योति लाइफ इन्स्योरेन्स, भिजन लुम्बिनी उर्जा, अप्पर सोलु हाइड्रो, नेपाल वेयरहाउजिङ कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, माइखोला हाइड्रो, सयपत्री हाइड्रो र मैलुङ खोला हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य ९.९ प्रतिशत बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये एनआरएम, हाथवे इन्भेस्टमेन्ट र आखुँखोला हाइड्रो रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घट्यो ।
आज अन्य उपसूचक सर्वाधिक ०.९७ प्रतिशतले बढ्दा ननलाइफ इन्स्योरेन्स उपसूचक ०.५६ प्रतिशतले बढ्यो । आज लगानी उपसूचक सर्वाधिक ३.८९ प्रतिशतले घट्दा ट्रेडिङ उपसूचक ३.११ र उत्पादन उपसूचक २.७५ प्रतिशतले घटे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस