Like us!
Follow us!
Connect us!
Watch us!

यस आर्थिक वर्षको पहिलो पाँच महिनामा केके छन् सर्वाधिक आयातित वस्तुहरु ?

अर्थ संसार

सोमबार, ०९ पुस २०८०, १३ : ५६ मा प्रकाशित

यस आर्थिक वर्षको पहिलो पाँच महिनामा केके छन् सर्वाधिक आयातित वस्तुहरु ?

नेपालको आयातको प्रकृतिमा उल्लेख्य परिवर्तन आउँदै गरेको देखिएको छ । विलासिताको वस्तु आयातमा कमी आउँदा अत्यावश्यक वस्तुको आयातमै ठूलो हिस्सा खर्च हुन थालेको पछिल्लो तथ्यांकले देखाएको छ ।

यस आर्थिक वर्षको मङ्सिर मध्यसम्मको तथ्यांक अनुसार उक्त अवधिमा कुल ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ भन्दाको बढीको आयात हुँदा उच्च आयात भएका १२ वस्तुहरुले कुल आयातको ३१.०८ प्रतिशत हिस्सा ओगटेका छन् । यसरी सर्वाधिक आयात हुने वस्तुमा पहिलो नम्बरमा डिजेल रहेको छ भने शीर्ष तीन आयातित वस्तुमा पेट्रोलियम पदार्थ नै रहेका छन् । यस अवधिमा करिब ५४ अर्बको डिजेल, २८.५५ अर्बको पेट्रोल तथा २०.६५ अर्बको एलपिजी ग्यास आयात गरिएको छ ।

उच्च आयातित वस्तुको चौथो र पाँचौ स्थानमा फलामजन्य वस्तुहरु रहेका छन् । १४.९५ अर्बको फलामजन्य सामाग्री तथा १४.४२ अर्बको ३ एमएमको फलामे डन्डी आयात गरिएको छ । छैटौं सर्वाधिक आयात हुने वस्तुमा भने स्मार्ट फोन परेको छ । यस अवधिमा १३.५९ अर्बको स्मार्ट फोन आयात गरिएको छ । यसैगरी १०.९६ अर्बको औषधि आयात हुँदा ९.९७ अर्बको सुन आयात भएको छ ।

सवारीसाधनमा प्रयोग हुने अटोमेटिक ट्रान्समिसन फ्लुएड सर्वाधिक आयातित वस्तुको नवौं स्थानमा रहेको छ । ८.६६ अर्बको एटिएफ आयात हुँदा कृषि मलमा प्रयोग हुने डाइएमोनियम फोस्फेट ८.६२ अर्बको आयात भएको छ । प्रशोधित सोयाबिन तेल तयार गर्ने कच्चा पदार्थ पनि ७.६८ अर्बको आयात भएको छ भने सडक पिच गर्न चाहिने विटुमिन कोल पनि ७.६४ अर्बको आयात गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको