Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारमा लगातार करेक्सन, आज पनि दोहोरो अङ्कको गिरावट

अर्थ संसार

बुधबार, ११ पुस २०८०, १५ : २४ मा प्रकाशित

सेयरबजारमा लगातार करेक्सन, आज पनि दोहोरो अङ्कको गिरावट

अघिल्लो दुई साता उल्लेख्य रुपमा बढेको सेयर बजारमा बुधबार दोहोरो अङ्कको करेक्सन भएको छ ।

साताको पहिलो दिन आइतबार २१.०३ अङ्कले घटेको सेयरबजारमा आज पनि दोहोरो अङ्कको गिरावट देखिएको हो । आज १७.२३ अङ्कले घटेर नेप्से परिसूचक २०७०.८४ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल छ सात अर्ब ११ करोड १७ लाख ३३ हजार आठ सय २९ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेर पाँच अर्ब २४ करोड ८७ लाख ८२ हजार छ सय ११ रुपैयाँमा सीमित हुन पुगेको छ । बजार घट्दा आज कारोबार रकममा पनि गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, मनकामना इन्जिनियरिङ हाइड्रो पावर, चिरख्वा हाइड्रो, इन्फिनिटी लघुवित्त, भिजन लुम्बिनी उर्जा,  नेपाल वेयरहाउजिङ कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, माइखोला हाइड्रो र त्रिशुली हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य ९.९ प्रतिशत बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये बिपिडब्ल्यु लघुवित्त, हिमालयन हाइड्रो, सूर्यज्योति लाइफ इन्स्योरेन्स र  एनआरएम रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घट्यो ।

आज ननलाइफ इन्स्योरेन्स उपसूचक सर्वाधिक १.१६ प्रतिशतले बढ्दा म्युचुअल फन्ड उपसूचक ०.५३ प्रतिशतले बढ्यो । आज ट्रेडिङ उपसूचक सर्वाधिक २.३२ प्रतिशतले घट्दा उत्पादन उपसूचक १.८५ र लगानी उपसूचक १.५६ प्रतिशतले घटे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको