Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार सेयरबजारमा झिनो गिरावट, कारोबार घट्दो क्रममा

अर्थ संसार

विहीबार, १२ पुस २०८०, १५ : २८ मा प्रकाशित

बिहीबार सेयरबजारमा झिनो गिरावट, कारोबार घट्दो क्रममा

अघिल्लो दुई साता उल्लेख्य रुपमा बढेको सेयर बजारमा बिहीबार झिनो गिरावट आएको छ ।

साताको पहिलो दिन आइतबार २१.०३ अङ्कले घटेको सेयरबजारमा हिजो पनि १७.२३ अङ्कको गिरावट भएको थियो । सोही ट्रेन्डलाई पछ्याउँदै आज पनि १.९३ अङ्कले घटेर नेप्से परिसूचक २०६८.९० विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल पाँच अर्ब २४ करोड ८७ लाख ८२ हजार छ सय ११ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेर चार अर्ब २९ करोड नौ लाख ३२ हजार दुई सय ९७ रुपैयाँमा सीमित हुन पुगेको छ । बजार घट्दा आज कारोबार रकममा पनि गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा मनकामना इन्जिनियरिङ हाइड्रो पावर, चिरख्वा हाइड्रो, हाथवे इन्भेस्टमेन्ट, भिजन लुम्बिनी उर्जा,  नेपाल वेयरहाउजिङ कम्पनी, मुक्तिनाथ कृषि कम्पनी र तारागाउँ रिजेन्सी रहे । ती कम्पनीको सेयर मूल्य ९.९ प्रतिशत बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये बिपिडब्ल्यु लघुवित्त, धौलागिरी लघुवित्त र उन्नति सहकार्य लघुवित्त रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घट्यो ।

आज उत्पादन उपसूचक सर्वाधिक १.२९ प्रतिशतले बढ्दा होटल तथा पर्यटन उपसूचक १.१२ प्रतिशतले बढ्यो । आज ट्रेडिङ उपसूचक सर्वाधिक १.७१ प्रतिशतले घट्दा विकास बैंक उपसूचक ०.७३ र बैंकिङ उपसूचक ०.५ प्रतिशतले घटे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको