Like us!
Follow us!
Connect us!
Watch us!

बेतन कर्णाली हाइड्रोपावरको प्रबन्ध निर्देशक बने कृष्ण आचार्य, ४३९ मेगावाटको आयोजना बनाउने जिम्मेवारी

अर्थ संसार

शुक्रबार, १३ पुस २०८०, २० : ४३ मा प्रकाशित

बेतन कर्णाली हाइड्रोपावरको प्रबन्ध निर्देशक बने कृष्ण आचार्य, ४३९ मेगावाटको आयोजना बनाउने जिम्मेवारी

बेतन कर्णाली सञ्‍चयकर्ता हाइड्रोपावर लिमिटेडको प्रबन्ध निर्देशकमा कृष्णप्रसाद आचार्य नियुक्त भएका छन् । पुस ४ गते बसेको कम्पनीको साधारणसभाले आचार्यलाई प्रबन्ध निर्देशक बनाउने निर्णय गरेको थियो । 

उनले शुक्रबार नै पदभार ग्रहण गरि कार्यभार सम्हालेका छन् । करिब एक वर्षदेखि रिक्त रहेको प्रबन्ध निर्देशक पदमा आचार्यलाई आगामी ४ बर्षका लागि नियुक्त गरिएको हो । 

आचार्यले सञ्‍चयकोषको प्रशासकको जिम्मेवारीमा रहदा यो कम्पनी स्थापनाको प्रक्रिया सुरु गरेका थिए ।
बेतन कर्णाली सन्चयकर्ता हाइड्रोपावर कम्पनीले ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजना निर्माण अघि बढाईरहेको छ । यो आयोजनाको अध्ययनको काम सकिएर अहिले पूर्व तयारीको काम भइरहेको छ । 

आयोजनामा कर्मचारी सन्चय कोष, नेपाल बिद्युत प्राधिकरण र एचाआइडिसिएलको लगानी रहेको छ । आफैंले स्थापनाको नेतृत्व गरेको कम्पनीको ब्यवस्थापन सम्हालेर अब उनले ४३९ मेगावाटको आयोजना बनाउने जिम्मेवारी पाएका छन् । 

प्रबन्ध निर्देशक नियुक्त भएका आचार्य चाटर्ड एकाउन्टेन्ट हुन भने आइक्यानका पुर्व अध्यक्षको जिम्मेवारी समेत पूरा गरिसकेका छन् । कर्मचारी सन्चय कोषको प्रशासकको जिम्मेवारी समेत पूरा गरिसकेका छन् । उनले त्यस अघि एनआईडिसीको समेत नेतृत्व गरिसकेका छन् ।

658edf06d38e5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको