Like us!
Follow us!
Connect us!
Watch us!

मिदिमखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न, आइपिओ जारी गर्ने तयारी

मंगलबार, २८ कार्तिक २०७४, १५ : ४० मा प्रकाशित

मिदिमखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न, आइपिओ जारी गर्ने तयारी

अर्थ संसार, काठमाडौं – मिदिमखोला (करापु) जलविद्युत् आयोजनाका परीक्षण उत्पादन सुरु भएको छ ।
आगामी मंसिरदेखि ३ मेगावाटको मिदिम खोलाबाट व्यवसायिक रुपमा बिजुली उत्पादन हुने छ ।
 
युनियन हाइड्रोपावर लिमिटेडले आयोजनाको निर्माण गरेको सो आयोजनाको हाल  परीक्षण उत्पादनको काम सफल भएको कम्पनीका अध्यक्ष किरण मल्लले बताए । मंसिरदेखि औपचारिक रुपमा बिजुली उत्पादन हुने उनको भनाइ छ ।

आयोजना रु ६५ करोड लागतमा निर्माण सम्पन्न भएको हो ।युनियन र नेपाल विद्युत् प्राधिकरण बीच २०६७ माघ ४ गते विद्युत् खरिद बिक्री सम्झौता भएको छ ।

 विद्युत् प्राधिकरणबीच सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा दिने गरि विद्युत् खरिद सम्झौता भएको हो ।

आयोजनामा स्थानीय प्रभावितलाई १० प्रतिशत सेयर निष्कासन गर्ने तयारी गरिएको छ । पहिलो चरणमा स्थानियबासिन्दालाई ६ करोड ३३ लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको ६ लाख ३३ हजार ७४५ कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।सेयर निष्कासनका लागि कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

यो पनि पढ्नुहोस्

२४ कम्पनीको सेयर बजारमा आउने तयारीमा (लिष्टसहित) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको