Like us!
Follow us!
Connect us!
Watch us!

उद्योगीलाई चोरको रुपमा स्थापित गर्न खोजियो, प्रमाण दिए पैसा तिर्न तयार छौँ: पशुपति मुरारका

अर्थ संसार

आइतबार, १५ पुस २०८०, २१ : ०२ मा प्रकाशित

उद्योगीलाई चोरको रुपमा स्थापित गर्न खोजियो, प्रमाण दिए पैसा तिर्न तयार छौँ: पशुपति मुरारका

अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले नेपाल बिद्युत प्राधिकरणका कारण उद्योगीलाई चोरको रुपमा स्थापित गर्न खोजिएको बताएका छन्। उनले नेपालका उद्योगहरुले नेपाल विद्युत प्राधिकरणको एक तिहाई विद्युत उपयोग गरेको र आफ्ना उद्योगहरु बन्द भए प्राधिकरणलाई पनि ठुलो झड्का लाग्ने भनेर चेतावनी दिएका छन्। 

काठमाडौँमा पत्रकारहरु सँग भेट गर्दै उनले नेपाल बिद्युत प्राधिकरणले आफूहरुले बढि विद्युत उपयोग गरेको प्रमाण दिए सबै उद्योगहरु पैसा तिर्न तयार रहेको बताएका छन्। 

प्राधिकरणको विनियमावलीमा लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंकलाईनबाट निरन्तर बिजुली लिन आवेदन दिनु पर्नेमा हाल प्राधिकरणले बिल जारी गरेका कुनै पनि उद्योगले अनुमति माग गर्दै आवेदन नै नदिएको मुरारकाले दाबी पनि गरेका छन् ।

प्राधिकरण आफैले २०७५ वैशाख ३१ गते  लोडसेडिङ अन्त गरेको भनेर घोषणा गरिसकेकोमा भने कुन आधारमा उद्योगीसंग प्रिमियममा बिल जारी गरेको भनेर प्रश्न गरेका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षले  चार वर्षअघिको बिल अहिले पेस गरेर पैसा उठाउने काम बन्द गर्न आग्रह गरे। 

साथै उनले व्यवसायीहरू र प्राधिकरणबीच राम्रो सम्बन्ध बनाउन चाहेको र डेडिकेटेड र ट्रंकलाइनको विषयमा संवादमार्फत छिनोफानो गर्न आवश्यक रहेको बताएका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको