Like us!
Follow us!
Connect us!
Watch us!

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले भने कुलमानले आफुले जे बोले त्यहिँ कानुन हो भन्ने जसरी अगाडी बढे

अर्थ संसार

सोमबार, १६ पुस २०८०, १० : २३ मा प्रकाशित

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले भने कुलमानले आफुले जे बोले त्यहिँ कानुन हो भन्ने जसरी अगाडी बढे

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले कुलमानले आफुले जे बोले त्यहिँ कानुन हो भन्ने जसरी अगाडी बढेको आरोप लगाएका छन्। 

उनले उद्योगी व्यवसायीले बारम्बार प्रमाण देउ हामी तिर्न तयार छौ भनिरहेको छ तर प्रमाण दिन नसक्ने र  प्राधिकरणका प्रबन्धक निर्देशकले आफुलाई भावनात्मक देखाएर कसरी उद्योगीलाई अपराधी देखाउन सकिन्छ भनेर लागि परेको आरोप लगाएका छन्। 

उनले भने ,'कुलमानले आफुले जे बोले त्यहिँ कानुन हो भन्ने जसरी कुरा राखेका छन्।'

'जस्तो उदाहरणका लागि जुन डेडिकेटेड र ट्रंक्र लाइनको व्यवस्थामा ट्रंक लाइनमा २४ घण्टा र डेडिकेटेडमा २० घण्टा विद्यूत दिनुपर्छ भन्ने प्रावधान छ, उहाँहरुले नै बनाएको प्रावधान हो । पहिला त आफैंले बनाएको नियम मान्नुस् । पछि विद्यूत महसुल निर्धारण आयोगले त्यसलाई हुन्छ भनेर लिएर आयो । तर, त्यहि नियमलाई अहिले उहाँहरुले आफू मान्दिन भन्नु भएको छ । १५ घण्टा विद्युत लिएको छ भने त्यो पनि लागु हुन्छ भन्नु भएको छ । निवेदन लिएको छैन । निवेदन लिएको वा नलिएको भन्ने विषयमा उहाँहरुले केही बोल्नु भएको छैन ।'

उनले प्रश्न गरे ,'यदि यो मुलुकमा न्याय छ र कानुन छ भने यसमा खोजिनुपर्छ, छानविन गरि कानूनी दायरामा ल्याउनुपर्छ।' 

उनले भने ,'डकुमेन्टको सुरक्षा सबैले गर्नुपर्छ । विद्यूत प्राधिकरणले पनि गर्नुपर्छ । विद्यूत प्राधिकरणलाई पनि आयकर ऐन लागु हुन्छ । आयकर ऐनअनुसार पाँच वर्षसम्म आफ्नो व्यवसायको सबै कागजात सुरक्षित राख्नुपर्छ प्रावधान भन्ने छ । विद्युत प्राधिकरणले पनि आयकर तिर्छ । कर कार्यालयमा दर्ता भएको संस्था हो। सरकारको लगानी भएपनि व्यवसायिक संस्था हो । त्यो संस्थाले पनि स्वयःले पाँच वर्षसम्म कागजात सुरक्षित राख्नुपर्ने होला। नराख्दा के कारबाही हुन्छ भन्ने कुराको पनि प्रश्न आउनुपर्छ ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको