Like us!
Follow us!
Connect us!
Watch us!

एभरेस्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

सोमबार, १६ पुस २०८०, १२ : ०१ मा प्रकाशित

एभरेस्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

एभरेस्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि बैंकले दिएको १० प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरि कुल २०.५३ प्रतिशत लाभांश घोषणा गरेको थियो । 

यस अनुसार अब कम्पनीको थप एक करोड ६ लाख ९८ हजार ९४ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८८० रुपैयाँ रुपेयाँ रुपैयाँ पुगेको छ । उक्त कम्पनीको आज प्रतिकित्ता ५१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको