Like us!
Follow us!
Connect us!
Watch us!

योजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि सर्वोत्तम सिमेन्टको आइपिओ पुस २५ देखि खुल्ने

अर्थ संसार

मंगलबार, १७ पुस २०८०, १० : २९ मा प्रकाशित

योजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि सर्वोत्तम सिमेन्टको आइपिओ पुस २५ देखि खुल्ने

बुक बिल्डिङ विधिबाट सार्वजनिक निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टले उद्योग तथा खानी उत्खनन प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि पुस २५ गते देखि आइपिओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रति कित्ता ३६० रुपैयाँ ९० पैसाका दरले ३६ लाख कित्ता प्राथमिक निष्कासनका लागि अनुमति मागेको हो । आइपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने कम्पनीको आह्वानपत्रमा उल्लेख गरिएको छ । कम्पनीको कुल जारी पुँजीको १२.९०३३ प्रतिशतले हुने ६० लाख कित्ता सेयर बुक बिल्डिङ विधिबाट जारी गर्न अनुमति पाएकोमा त्यसको ४० प्रतिशत अर्थात २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि निष्कासन गरिसकेको छ । बाकिँ ६० प्रतिशत मध्ये ९ लाख ३० हजार कित्ता स्थानीयबासीलाई, २ लाख ६७ हजार कित्ता कर्मचारीलाई र बाकिँ सर्वसाधारणका लागि जारी हुनेछ ।

आइपिओमा नवलपरासी जिल्लाको सुनबल नगरपालिकाको वडा नम्बर ३,४,५,६,११ र १३, पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको वडा नम्बर १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नम्बर २,३,४ र ६, तिनाउ गाउँपालिकाको वडा नम्बर १,२ र ३, माथागढी गाउँपालिकाको वडा नम्बर ७ र ८ तथा निस्दी गाउँपालिकाको वडा नम्बर ७ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।

यस अघि कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई कटअफ प्राइस ४०१ रुपैयाँमा सेयर बाँडफाँड गरेको थियो । संस्थागत लगानीकर्तालाई बिक्री गरेको कट अफ मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारणलाई धितोपत्र निष्काशन गर्नुपर्ने हुँदा कम्पनीले प्रतिकित्ता सेयर ३ सय ६० रूपैयाँ ९० पैसाको दरमा सेयर बिक्री गर्न लागेको हो । साथै कम्तिमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने हुँदा लगानीकर्ताले यस आइपिओमा आवेदन दिन १८ हजार ४५ रुपैयाँ उक्त आइपिओका लागि छुट्याउनुपर्ने हुनेछ ।

आर्थिक वर्ष २०७९/८० को असारसम्मको वित्तीय विवरण अनुसार कम्पनीको प्रति सेयर आम्दानी पाँच रुपैयाँ १३ पैसा रहेको छ भने नेटवर्थ १ सय ८५ रुपैयाँ १९ पैसा रहेको छ । लगानीको साधारण लगानी फिर्ता हुने अवधि (क्यास ब्याक पिरियड) ३ वर्ष ९ महिना रहेको छ भने डिस्काउन्टेड क्यास ब्याक पिरियड ४ वर्ष ७ महिना रहेको छ । यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने कम्पनी उत्पादन सेक्टरको रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको