Like us!
Follow us!
Connect us!
Watch us!

तीन निर्जीवन बिमा कम्पनी परे नियामकको कारवाहीमा

अर्थ संसार

मंगलबार, १७ पुस २०८०, १५ : ३५ मा प्रकाशित

तीन निर्जीवन बिमा कम्पनी परे नियामकको कारवाहीमा

सम्पत्ति शुद्धीकरणमा ध्यान नदिएको लगायतका कमजोरी पाएपछि नेपाल बिमा प्राधिकरणले तीन निर्जीवन बिमा कम्पनीलाई नगद जरिवाना तिराएको छ ।

नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले युनाइटेड अजोड इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सलाई कारवाही गर्ने निर्णय गरेको हो । स्थलगत निरीक्षणमा क्रममा विभिन्न कमजोरी देखिएको तथा पटकपटक स्पष्टीकरण मागेपछि पनि सुधार नभएको भन्दै तीन वटै कम्पनीलाई २-२ लाखका दरले जरिवाना तिराइएको प्राधिकरणले जनाएको छ ।

सम्पत्ति शुद्धीकरणमा ध्यान नदिएको, उधारो बिमा गराएको, रेट कटिङ गरेको, दाबी भुक्तानीमा समस्या देखिएको जस्ता कमजोरी देखाउँदै उक्त कम्पनीहरुलाई कारवाही गरिएको जनाइएको छ । प्राधिकरणले यस अघि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीलाई पनि दुई लाख नगद जरिवाना तिराएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको