Like us!
Follow us!
Connect us!
Watch us!

गत वर्ष आन्तरिकतर्फ ७८ लाख यात्रुले गरे हवाई यात्रा

अर्थ संसार

बुधबार, १८ पुस २०८०, १३ : ०६ मा प्रकाशित

गत वर्ष आन्तरिकतर्फ ७८ लाख यात्रुले गरे हवाई यात्रा

सन् २०२३ को नोभेम्बरसम्मको तथ्यांक हेर्दा आन्तरिकतर्फ हवाई यात्रा गर्ने यात्रुको संख्या अघिल्लो वर्षको भन्दा ३७.४८ प्रतिशतले वृद्धि भएको छ ।

उक्त अवधिमा आन्तरिक उडानतर्फ ७७ लाख ९४ हजर २१७ जनाले उडान गरेका छन् । यस संख्या अघिल्लो वर्षको नोभेम्बर सम्म ५६ लाख ६८ हजार ९४१ रहेको थियो । यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फ सन् २०२३ को नोभेम्बरसम्म ४१ लाख ५४ हजार ३९३ यात्रु आवागमन भएका छन् । यो संख्या पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तीनवटैको जोडेर हो ।

अघिल्लो वर्ष सोही अवधिसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहेकोमा कुल यात्रु आवागमन संख्या २९ लाख ४५ हजार ५४० रहेको जुन हालको वर्ष भन्दा ४१.०४ प्रतिशतले कम हो । यसैगरि नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या सन् २०२२ मा २९ रहेकोमा हाल उक्त संख्या ३० पुगेको छ । ती वायुसेवा कम्पनीले नेपाललाई १६ देशका ३३ वटा अन्तर्राष्ट्रिय गन्तव्यसँग नियमित उडानले जोडिरहेका छन् ।

आन्तरिकतर्फ भने सञ्चालन अनुमति प्राप्त जम्मा २१ वटा वायु सेवा मध्ये हाल क्रियाशिल वायुसेवा कम्पनीहरुको संख्या १९ रहेको छ । ती कम्पनीहरुले कुल ५५ वटा विमानस्थल मध्ये ३५ वटा विमानस्थलहरुमा आन्तरिक हवाई सेवा सेवा प्रदान गरिरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको