Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल र भारतबीच १० हजार मेगावाट बिजुली व्यापार सम्झौतामा हस्ताक्षर

अर्थ संसार

विहीबार, १९ पुस २०८०, १२ : ५८ मा प्रकाशित

नेपाल र भारतबीच १० हजार मेगावाट बिजुली व्यापार सम्झौतामा हस्ताक्षर

भारतीय विदेशमन्त्री एस जयशंकरको भ्रमणका बीच दीर्घकालीन रुपमा १० हजार मेगावाट बिजुली किनबेचका लागि सम्झौतामा हस्ताक्षर भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सहमतिको विवरण परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि सार्वजनिक गरिने जनाइएको छ ।

 भ्रमणका क्रममा विदेशमन्त्री जयशंकर र नेपालका परराष्ट्र मन्त्री एनपी साउदले १३२ केभीएका तीनवटा प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गरे कार्यक्रम पनि रहेको छ । भारतको विहारलाई जोड्ने रक्सौल-परवानीपुर प्रसारण लाइन र कुशाहा-कटैया प्रसारण लाइन तथा भारतको उत्तर प्रदेशलाई जोड्ने नौतनवा-मैनाहिया प्रसारण लाइन उद्घाटन गर्न लागिएको हो । 

भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रतिबद्धता व्यक्त गरिसके पनि औपचारिक सम्झौता नहुँदा नेपालका कतिपय योजनाको विद्युत गत वर्षा याममा खेर गएको थियो । आगामी वर्षामा उस्तै अवस्था नआओस् भन्ने उद्देश्यका साथ दीर्घकालीन सम्झौता गर्न लागिएको हो । नेपालले गत वर्षा याममा सवा ५०० मेगावाटसम्म विद्युत भारततर्फ निर्यात गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको