Like us!
Follow us!
Connect us!
Watch us!

प्राधिकरणले थाल्यो विद्युत निर्यात, दैनिक चार सय मेगावाट भारतलाई बिक्री

अर्थ संसार

विहीबार, १७ जेठ २०८१, १३ : ०३ मा प्रकाशित

प्राधिकरणले थाल्यो विद्युत निर्यात, दैनिक चार सय मेगावाट भारतलाई बिक्री

खोलानाला तथा नदीमा पानीको बहाव बढेर विद्युत उत्पादनमा सुधार आएसँगै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात थालेको छ ।

सोमबारदेखि प्राधिकरणले दैनिक चार सय मेगावाटसम्म विद्युत भारतलाई बिक्री गर्न थालेको हो । हाल देशभित्रै पिक आवरको कुल विद्युत डिमान्ड २००९ मेगावाट रहेको छ । देशभित्र कुल करिब २९०० मेगावाट विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडिइसकेको छ ।

नेपालले भारतसँग कुल ६५६ मेगावाट विद्युत निर्यातका लागि सम्झौता गरेको छ । हाल ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन र महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइन हुँदै विद्युत निर्यात हुनेगरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको