Like us!
Follow us!
Connect us!
Watch us!

नेपालबाट विद्युत खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ - बङ्गलादेशी उर्जामन्त्री

अर्थ संसार

मंगलबार, २२ फागुन २०८०, १८ : २० मा प्रकाशित

नेपालबाट विद्युत खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ - बङ्गलादेशी उर्जामन्त्री

बङ्गलादेशका बिजुली, उर्जा र खनिज संशाधन राज्यमन्त्री नसरुल हमिदले नेपालबाट विद्युत खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।

उनले ४० मेगावाट विद्युत बङ्गलादेशतर्फ निर्यात गर्ने गरि भारतीय पक्षसँग आगामी महिना सम्झौता हुने बताएका छन् । यसैगरी भारतीय कम्पनी जिएमआरमार्फत नेपालबाट थप ५०० मेगावाट विद्युत खरिद गर्ने सम्झौता पनि अन्तिम चरणमा पुगेको हमिदले जानकारी दिएका छन् । छिमेकी देशबाट ९००० मेगावाट बिजुली खरिद गर्न बङ्गलादेशले चाहेको पनि उनले बताएका छन् ।

नेपाल र बङ्गलादेशबीच विद्युत आयातनिर्यातका लागि डेडिकेटेड लाइनको आवश्यकता रहेको उनको भनाई थियो । उक्त डेडिकेटेड लाइनले भारतलाई समेत फाइदा पुग्ने पनि हमिदले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको