Like us!
Follow us!
Connect us!
Watch us!

जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीले अब कुल लगानीको १५ प्रतिशतसम्म सेयरमा लगानी गर्न पाउने

अर्थ संसार

आइतबार, २२ पुस २०८०, १७ : ५२ मा प्रकाशित

जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीले अब कुल लगानीको १५ प्रतिशतसम्म सेयरमा लगानी गर्न पाउने

नेपाल बीमा प्राधिकरणले जीवन बीमक तथा निर्जीवन बीमकको लगानी निर्देशनमा दोस्रो संशोधन गर्दै ती कम्पनीको लगानीको दायरा विस्तार गरिदिएको छ ।

नयाँ व्यवस्थाबमोजिम अब ती कम्पनीले सेयरमा गरिने लगानीको सीमा पाँच प्रतिशतबाट बढाएर १५ प्रतिशत बनाइएको छ । यसैगरी त्यस्ता कम्पनीले विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृति पाएका प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न पाउने भएका हुन् । पुनर्बीमा कम्पनीले कुल लगानीको १.५ प्रतिशत त्यस्ता कोषमा लगानी गर्न पाउनेमा एउटै कोषमा भने बढीमा एक प्रतिशतसम्म लगानी गर्न सक्नेछन् ।

यसैगरि यस अघि "साधारण सेयर" मा मात्र लगानी गर्न पाउने व्यवस्थालाई परिवर्तन गर्दै "सेयर" मा लगानी गर्न सकिने गरि शब्दावलीमा परिवर्तन गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको