Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रिइन्सुरेन्सको आइपिओको कारोबार आज देखि, कतिमा हुनेछ कारोबार ?

अर्थ संसार

सोमबार, २३ पुस २०८०, ०७ : ४६ मा प्रकाशित

हिमालयन रिइन्सुरेन्सको आइपिओको कारोबार आज देखि, कतिमा हुनेछ कारोबार ?

हिमालयन रिइन्सुरेन्सको आइपिओको कारोबार आज (सोमबार ) देखि हुने भएको छ। आइतबार  नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कम्पनी सूचीकृत भएसँगै कारोबार हुने लागेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा मंसिर २७ गतेदेखि आइपिओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारण नेपालीहरुका लागि दुई करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेको हो । त्यसबाहेक वैदेशिक रोजगारमा रहेका नेपालीलाई ३० लाख कित्ता, कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषहरुका लागि १५ लाख कित्ता सेयर पनि निष्कासन गरिएको छ ।

कम्पनीको दोस्रो बजारमा ओपनिङ रेञ्ज १०३.०७ देखि ३०९.२१ रुपैयाँसम्म हुनेछ भने कारोबारका लागि कम्पनीले HRL टिकर पाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको