बुधबार सेयरबजारमा सामान्य अङ्कको वृद्धि हुँदा नेप्से परिसूचकले २१०० को विन्दुलाई रिटेस्ट गरेको छ ।
हिजो २०.६२ अङ्कले बढेको सेयरबजार आज थप ९.५ अङ्कले बढेर २०८९.६२ विन्दुमा बन्द भएको हो । आज बजारले २१०० विन्दु ब्रेक गरेर फेरि घटेको थियो । अघिल्लो कारोबारको दिन कुल ६ अर्ब ११ करोड ८३ लाख १७ हजार आठ सय ६६ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेर ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार सात सय ८९ रुपैयाँ पुगेको छ । बजार बढ्दा कारोबार रकममा सामान्य गिरावट भएको हो ।
आज सर्वाधिक कमाउने कम्पनीहरुमा मनकामना स्मार्ट लघुवित्त, ङाडी ग्रुप पावर, हिमालयन रिइइन्स्योरेन्स, नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ९.९ प्रतिशत बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउनेमा छिमेक लघुवित्त, अप्पर हेवा, मायाखोला हाइड्रो, नेसनल हाइड्रो डेभलपर्स, कालिका लघुवित्त र हिमालयन पावर पार्टनर रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घट्यो ।
आज अन्य उपसूचक सर्वाधिक २.२१ प्रतिशतले बढ्दा बैंकिङ उपसूचक र उत्पादन उपसूचक समान १.१२ प्रतिशतले बढे । आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक ०.८४ प्रतिशतले घट्दा लगानी ०.६३ र हाइड्रोपावर उपसूचक ०.५ प्रतिशतले घटे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस