Like us!
Follow us!
Connect us!
Watch us!

बीमा प्राधिकरणले मुद्दति निक्षेपमा लगानी गर्ने

अर्थ संसार

बुधबार, २५ पुस २०८०, १६ : ०५ मा प्रकाशित

बीमा प्राधिकरणले मुद्दति निक्षेपमा लगानी गर्ने

नेपाल बीमा प्राधिकरणले मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै भएको नगद मौज्दात मुद्दति निक्षेपमा लगानी गर्नुपर्ने भएकाले इच्छुक बैंकहरुसँग आवेदन माग गरेको हो । बैंकहरुले उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा/नोक्सान, निष्क्रिय सम्पत्ति, कर्जा निक्षेप अनुपात, स्थापना वर्ष र पुँजी पर्याप्तता अनुपात खुलाई आवेदन दिनुपर्नेछ ।

पछिल्लो समय बैंकहरुमा निक्षेप अत्यधिक वृद्धि हुँदा कर्जा विस्तार भने सुस्त हुन पुगेको छ जसकारण बैंकहरुले निक्षेपमा दिने ब्याकदर घट्दो ट्रेन्डमा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको