Like us!
Follow us!
Connect us!
Watch us!

यस पालि पुस मसान्तको प्रेसर पचाएकै हो त सेयरबजारले ?

अर्थ संसार

विहीबार, २६ पुस २०८०, १३ : ५२ मा प्रकाशित

यस पालि पुस मसान्तको प्रेसर पचाएकै हो त सेयरबजारले ?

पुस मसान्त सरकारले सबैभन्दा उच्च राजस्व अपेक्षा गर्ने मसान्तमध्ये एक हो । यो वर्ष पनि पुस मसान्तमा मात्रै सरकारले करिब दुई खर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

यसरी उच्च राजस्व संकलन गर्ने सरकारको लक्ष्य पूरा गर्न ठूला करदाता, व्यापारीहरुले सेयरबजारमा पनि प्रेसर दिँदै आएका छन् । निक्षेप पछि सजिलै पैसाको जोहो गर्ने सबैभन्दा सजिलो माध्यम सेयरबजारमा अघिल्ला वर्षहरुमा पुस मसान्तमा प्रेसर पर्ने गरेको थियो ।

तर यसपटक भने बजारले बुलिस लय समातेर उच्च कारोबार हुँदा मसान्तको खासै प्रेसर देखिएको छैन । यसैगरी आज साँझदेखि नेप्सेको कारोबार प्रणाली पनि बन्द हुने सूचना जारी भइसकेको छ । यस हिसाबले अब सेलिङ प्रेसर न्यून हुने साथै घट्दो ब्याजदरको प्रभाव देखिदै जाँदा बजारले सकारात्मक लय जारी राख्ने जानकारहरुको भनाई छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको