अर्थ संसार, काठमाडौं– शिखर इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ५५ लाख रुपैयाँ मुनाफाकमाउन सफल भएको छ ।
इन्स्योरेन्सलेल गतवर्ष सोही अवधिमा ८ करोड ७० लाख रुपैयाँ मुनाफा कमाएको थियो । कम्पनीले यो अवधिमा ७५ करोड २७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने २५ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क भुक्तानी गरेको छ ।
गतवर्षको सो अवधिमा कम्पनीले ६९ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरी ३८ करोड ७५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको प्रति सेयर आम्दानी ४५ रुपैया ७५ पैसा, प्रति सेयर
नेटवर्थ २२८ रुपैयाँ ४३ पैसा र प्रतिसेयर कुल सम्पतिको मूल्य ४३० रुपैयाँ ९२ पैसा रहेको छ ।
८१ करोड चुक्ता पुँजी रहेको कम्पनीले जगेडा कोषमा ३१ करोड ४४ लाख रुपैयाँ राखेको छ । त्यस्तै कम्पनीले बीमा कोषमा ४६ करोड ४४ लाख रुपैयाँबाट घटाएर ३१ करोड ४४ लाखमा सीमित गरेको छ । त्यस्तै कम्पनीको महाविपत्ति कोषमा ५० करोड १८ लाखबाट बढाएर ६८ करोड ६८ लाख रुपैयाँ पुर्याएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस