Like us!
Follow us!
Connect us!
Watch us!

बीमा गरेपछि दाबी भुक्तानी नपाएमा प्राधिकरणमा जानकारी दिनु : निर्देशक लाल

अर्थ संसार

बुधबार, ०३ माघ २०८०, १४ : ४२ मा प्रकाशित

बीमा गरेपछि दाबी भुक्तानी नपाएमा प्राधिकरणमा जानकारी दिनु : निर्देशक लाल

नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको महोत्तरी जिल्लास्थित एकडारा गाउँपालिकासँग यही माघ २ गते बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि एकडारा गाउँपालिकाका अध्यक्ष दीप नाराण मण्डललले आगामी आर्थिक वर्षमा बीमा शीर्षकमा बजेट विनियोजन गरी बीमा कार्यक्रम लागू गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। 

उनले कृषकहरूले सहजरूपमा कृषिबालीको बीमा गर्न पाउने व्यवस्था गर्न र दाबी भुक्तानी दिनुपर्ने समयमा बीमा कम्पनीले बीमितको कुरै नसुन्ने प्रवृत्ति अन्त्य गर्न आग्रह गरे ।

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती गर्नुहुँदै बीमालाई सेवासँग आवद्ध गरेर अनिवार्य गर्न र गरीब बर्ग पहिचान गरी गाउँपालिकाले नै बीमा गरिदिने व्यवस्था गर्न सुझाव दिए ।

निर्देशक लालले बीमा गरेपछि दाबी भुक्तानी नपाएमा प्राधिकरणमा जानकारी दिन आग्रह गर्दै प्राधिकरणले कृषितर्फ मौसममा आधारित बीमालेख लागू गर्न लागेको जानकारी दिए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको