यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थाप सेयर बिक्रीमा रोखको छ । यस अघि विद्यमान संस्थाप सेयरधनीहरुका लागि बिक्रीमा राखिएको सेयरमध्ये केही सेयर बिक्री नभएकाले आम सर्वसाधारणले समेत किन्न पाउने गरि बिक्रीमा राखिएको हो ।
यस अघि कम्पनीले माछापुच्छ्रे ब्रिक फ्याक्ट्री प्रा. लि. को नाममा कायम रहेको ८४ हजार ५६६ कित्ता सेयर मध्ये २६ हजार ९७४ कित्ता प्रति कित्ता न्यूनतम मूल्य रु. १७० का दरले बिक्री गर्नका लागि विद्यमान सेयरधनीहरुका लागि मात्रै आवेदन दिन समय दिइएको थियो ।
उक्त अवधिमा उल्लेखित सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन प्राप्त नभएकोले संस्थापक सेयर खरिद गर्न चाहाने जोकोहीका लागि १५ दिनको सूचना जारी गरिएको कम्पनीले जनाएको छ । सेयर खरिद गर्न अयोग्य नभएको स्वःघोषण तथा अन्य आवश्यक कागजात संलग्न गरी यस कम्पनीको प्रधान कार्यालय सि.टि.सि मल सुन्धारा, काठमाडौंमा आफूले खरिद गर्ने सेयर कित्ताको व्यहोरा खुलाई निवेदन दिनु पर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस