Like us!
Follow us!
Connect us!
Watch us!

कैलाश हेलिकप्टरको आइपिओ आउने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

बुधबार, ०३ माघ २०८०, १५ : ०२ मा प्रकाशित

कैलाश हेलिकप्टरको आइपिओ आउने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

कैलाश हेलिकप्टर सर्भिसेस् लिमिटेडले सर्वसाधारणलाई सेयर अर्थात आईपिओ  जारी गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पुँजी ३५ करोडको १० प्रतिशत अर्थात १००/- अंकित दरको ३,५०,००० कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्नको लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

२०८० माघ ३ गते आयोजित एक कार्यक्रममा कैलाश हेलिकप्टरको तर्फबाट प्रबन्ध संचालक  प्रताप जङ्ग पाण्डे तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। 

३ करोड ५० लाख सेयर पूँजी बराबरको १००/– अंकित दरको ३,५०,००० कित्ता साधारण शेयर प्रचलित कानूनको अधिनमा रही सर्वसाधारणहरुलाई प्रिमियम मुल्यमा जारी गर्ने कम्पनीले जनाएको छ ।

 सन् २०१८ मार्च २३ बाट संचालनमा आएको यस कम्पनीले ब्ष्चदगक ऋयmउबलथ, ँचबलअभ द्वारा निर्मित ब्क्घछण् क्भचष्भक को ३ वटा हेलिकप्टर मार्फत उच्चस्तरिय विविध सुविधा प्रदान गर्दै आएको छ । संचालनमा आएको पहिलो वर्षदेखि निरन्तर नाफामा रहेको यस कम्पनीले कोभिड १९ माहामारीको समय आ.व.०७६÷२०७७ बाहेकको हरेक वर्ष आफ्नो लगानीकर्तालाई प्रतिफल दिदै आएको छ । 

कम्पनीले आर्थिक वर्ष २०७९/२०८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ५५ बोनश सेयर र १०५ का दरले नगद लाभांस वितरण गरेको छ । उक्त बोनस सेयर पश्चात कम्पनीको चुक्ता पूँजी ३१ करोड ५० लाख रहेको छ । यस कम्पनीको बोनस वितरण पश्चात किताबी मुल्य रु १४६.२९ कायम रहेको कम्पनीले जनाएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल संचालित हेलिकप्टर कम्पनीहरुले ५ वर्ष भित्र ५ थान हेलिकप्टर पुरयाउनु पर्ने भनी जारी गरिएको नितिलाई अनुसरण गर्दै पूँजी बृद्घि गरी सुरक्षा नितिको पूर्ण पालना गरी सन् २०२५ मा १ थान र सन् २०२७ मा १ थान गरी थप २ थान हेलिकप्टर सन् २०२७ सम्ममा थप गरी कुल ५ वटा हेलिकप्टर संचालनमा ल्याउने कम्पनीको योजना रहेको छ ।  

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको