Like us!
Follow us!
Connect us!
Watch us!

अपर तामाकोशीको लिलामी सेयरको करिब ३० हजार बोलपत्र आज खोलिँदै

अर्थ संसार

शुक्रबार, ०५ माघ २०८०, ०९ : ०४ मा प्रकाशित

अपर तामाकोशीको  लिलामी सेयरको करिब ३० हजार बोलपत्र आज खोलिँदै

अपर तामाकोशी हाइड्रोपावरको लिलामी प्रक्रियामार्फत बिक्री गरिएको सेयरको बोलपत्र आज (माघ ५ गते)  खोलिने भएको छ।

कम्पनीले गत पुस १३ गतेदेखि पुस २९ गतेसम्म लिलामी प्रक्रियामार्फत बिक्री गरेको सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयरको बोलपत्र आज खोलिने भएको हो। सो समयभित्र प्राप्त भएको बोलपत्र आवेदन आज बिहान ९ः३० बजे काठमाडौंको कमलपोखरीस्थित लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा खोलिनेछ।

कम्पनीले केही समयअघि आफ्ना सेयरधनीहरुका लागि हकप्रद शेयर बिक्री खुला गरेको थियो। त्यतिबेला बिक्री हुन बाँकी रहेको सर्वसाधारण समूहको सेयर कम्पनीले लिलामीमा बिक्री गरेको हो।

लिलाममा झन्डै ३० हजार जनाले आवेदन दिएका छन् । बिक्री प्रबन्धकका अनुसार गुड फर पेमेन्ट चेकबाहेक ७ अर्ब रुपैयाँ जम्मा भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको