Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एसिया बैंकको अधिकांश सूचकमा पहिरो, वितरणयोग्य मुनाफा ऋणात्मक

अर्थ संसार

आइतबार, ०७ माघ २०८०, ०९ : १० मा प्रकाशित

एनआईसी एसिया बैंकको अधिकांश सूचकमा पहिरो, वितरणयोग्य मुनाफा ऋणात्मक

एनआईसी एसिया बैंकले यस आर्थिक वर्ष २०८०/८१ को दोस्रो  त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको यस त्रैमासमा अधिकांश सूचकहरु घटेका छन्। 

सूचक 

खुद नाफा 

दोस्रो त्रैमास सम्म बैंकको खुद नाफामा सुधार देखिन्छ।  बैंकले यस आर्थिक वर्षको पहिलो ६ महिनामा  १ अर्ब ९० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ .। गत वर्ष यसै अवधिसम्म बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। जुन ४१.८४ प्रतिशतले घटेको हो।   

खुद ब्याज आम्दानी

बैंकको यस त्रैमास सम्म खुद ब्याज आम्दानी घटेको छ। यस त्रैमास सम्म बैंकले  ५ अर्ब ५४ करोड रुपैयाँ रुपैयाँ कमाएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ६ अर्ब १६ करोड खुद ब्याज आम्दानी गरेको थियो। यस सूचक १०.१३ प्रतिशतले घटेको देखिन्छ। 

सञ्चालन मुनाफा

बैंकले दोस्रो त्रैमास सम्म सम्म ३ अर्ब ५६ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यहि अवधि सम्म बैंकको मुनाफा  ४ अर्ब ६९ करोड रुपैयाँ रहेको थियो। अहिले २४.१३ प्रतिशतले घटेको छ।

खराब कर्जा अनुपात (एनपील)
बैंकले  खराब कर्जा अनुपात (एनपील) झन् बिग्रेको छ ।  यस त्रैमास सम्म बैंकको खराब कर्जा १.१९ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस अवधिमा खराब कर्जा एनपीएल ०.६१ प्रतिशत रहेको थियो।

इम्पेयरमेन्ट चार्ज
इम्पेयरमेन्ट चार्जका रुपमा ४८ करोड रुपैयाँ  छुट्याएको छ। 

निक्षेप संकलन र कर्जा लगानी 

बैंकले ३ खर्ब ८१ अर्ब रुपैयाँ  निक्षेप संकलन गरेर २ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष बैंकले ३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६१ अर्ब कर्जा प्रवाह गरेको थियो।

चुक्तापुँजी 
१४ अर्ब ९१ करोड

रिजर्भ
रिजर्भको आकार १३.८६ प्रतिशतले बढेर १६ अर्ब २७ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १४ अर्ब २९ करोड रुपैयाँ थियो।

वितरणयोग्य मुनाफा
५९ करोड २२ लाख रुपैयाँले ऋणात्मक

प्रति सेयर आम्दानी (ईपीएस)
 २५.५२ रुपैयाँ (अघिल्लो वर्ष ईपीएस ५६.६१ रुपैयाँ रहेको )

पीई रेसियो
१९.९७ गुणा

प्रति सेयर नेटवर्थ
२०५.०१  रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको