Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई लाइफ इन्स्योरेन्सको खुद नाफा ९६.१४ प्रतिशतले बढ्यो, अरु सूचक कस्तो ?

अर्थ संसार

आइतबार, १४ माघ २०८०, ०९ : ०९ मा प्रकाशित

आइएमई लाइफ इन्स्योरेन्सको खुद नाफा ९६.१४ प्रतिशतले बढ्यो, अरु सूचक कस्तो ?

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले यस आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  कम्पनीको अधिकांश सूचकमा सुधार देखिएको छ। 

खुद नाफा

गत आर्थिक वर्षको तुलनामा दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ९६.१४ प्रतिशतले बढेको छ। यस त्रैमाससम्म कम्पनीले  २३ करोड ४७ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष सोही अवधिसम्म कम्पनीले ११ करोड ९६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बीमाशुल्क आर्जन 

दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब १० करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १२.३३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ८७ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

खुद बीमाशुल्क आर्जन

समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ७९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ११.२० प्रतिशत बढी हो।

चुक्तापुँजी 

कम्पनीको चुक्तापुँजी ४ अर्ब रुपैयाँ रहेको छ।

सेयर प्रिमियम

समीक्षा अवधिमा कम्पनीले सेयर प्रिमियम शीर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ सञ्चित गरेको छ। यस अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ३५ लाख रुपैयाँ रहेको छ।

सञ्चित जगेडा कोष

कम्पनीको सञ्चित जगेडा कोषमा ८५ करोड २ लाख रुपैयाँ  रहेको छ। 

प्रति सेयर आम्दानी (ईपीएस)
११.७४ रुपैयाँ

प्रति सेयर नेटवर्थ
१७७.२७ रुपैयाँ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको