Like us!
Follow us!
Connect us!
Watch us!

आईएमई लाइफ इन्स्योरेन्सको सेयरमा पनि टुक्रे कारोबारहरु मार्फत चलखेलको आशंका

अर्थ संसार

सोमबार, २२ साउन २०८०, ०८ : ४० मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सको सेयरमा पनि टुक्रे कारोबारहरु मार्फत चलखेलको आशंका

आइतबार देखि कारोबार खुलेको आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमा आइतबार नै टुक्रे कारोबारहरु भएको खुलासा भएको छ। लगानीकर्ताका केहि समूहले यस कम्पनीको सेयरमा पनि 'अड लट' कारोबार भएको आशंका नेप्सेले गरेको छ। 

आइतबार नै अर्थसंसारले नेपाल रिपब्लिक मिडियाको सेयरमा टुक्रे कारोबार गरेर चलखेल भएको हुनसक्ने समाचार सार्वजनिक गरेको थियो। 

लगतै नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले यस्ता कारोबारको अध्ययन अनुसन्धान गर्ने र चलखेल गर्ने नियतले कारोबार गरिएको भए आवश्यक कारबाही गरिने बताईसकेका छन्। 

धितोपत्र कारोबार संचालन विनियमावली, २०७५ को परिच्छेद -२, दफा ५ मा अंकित मूल्य रु १० भएका कम्पनीहरुको न्युनतम कारोबार १०० कित्तामा हुनुपर्ने र यदि अंकित मूल्य १०० रुपैयाँ भए १० कित्ता हुनुपर्ने व्यवस्था छ। सो भन्दा कम कित्ता पनि कारोबार गर्न पाइन्छ जसलाई अड लट कारोबार भनिन्छ। डिम्याट खातामा न्यूनतम कित्ता उपलब्ध नभएको अवस्थामा अड लट कारोबार गर्न पाइन्छ। तर यदि खातामा न्यूनतम कित्ता ( अंकित मूल्य १० रुपैयाँ भएका कम्पनीहरुको हकमा १०० कित्ता र अंकित मूल्य १०० रुपैयाँ भएका कम्पनीहरुको हकमा १० कित्ता) हुँदाहुँदै पनि अड लट बनाएर बिक्रि गर्न पाइदैन।  

धितोपत्र कारोबार संचालन विनियमावलीमा यस्तो व्यवस्था हुँदाहुँदै पनि मूल्यमा प्रभाव पार्ने हिसाबले बदनियतपूर्ण तरिकाले न्यूनतम कारोबारका लागि आवश्यक कित्ता हुँदाहुँदै पनि सेयर टुक्र्याएर कारोबार हुन थालेपछि २०७९/०१/२५ का दिन नेप्सेले एक 'अत्यन्त जरुरी' सूचना जारी गर्दै अड लट कारोबार नगर्न/नगराउन सरोकारवालाहरुलाई सचेत गराई सकेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको