Like us!
Follow us!
Connect us!
Watch us!

आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ खुला, प्रिमियम मूल्यमा आवेदन दिन पर्ने

अर्थ संसार

विहीबार, २१ असार २०८०, ०७ : २९ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ खुला, प्रिमियम मूल्यमा आवेदन दिन पर्ने

आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ निष्काशन तथा बिक्री खुला  आज देखि बिक्री खुला भएको छ। यसअघि असार २० देखि खुला गर्ने सूचना निकालेको कम्पनीले असार बिहान नै एक सूचना निकाल्दै असार २१ गते  बिहिबार देखि मात्र आवेदनलाई खुला गर्ने जानकारी गरेको थियो । प्राविधिक कारणले निष्काशन अवधि परिवर्तन गरिएको इन्स्योरेन्सले जनाएको थियो। 

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गरीसकेको छ । जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । 

कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।

जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको छ ।

कति दिने आवेदन ?

यो आईपीओमा आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले आइपीओमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । 

को हो बिक्री प्रबन्धक ?

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरूले मेरो सेयरबाट घरमै बसीबसी आईपीओ भर्न सक्नेछन् । साथै, सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट पनि आईपीओ भर्न सकिनेछ । 

रेटिङ कति ?

केयर रेटिङ्ग नेपालले यस आईपिओ रेटिङ एजेन्सी इक्रा नेपालले यो आईपीओलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको