Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सव फुटसल प्रतियोगिता सम्पन्न

अर्थ संसार

आइतबार, ०८ भदौ २०८२, १७ : ४८ मा प्रकाशित

आइएमई लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सव फुटसल प्रतियोगिता सम्पन्न

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिकोत्सव फुटसल प्रतियोगिता सम्पन्न भएको छ । कम्पनीले आयोजना गरेको फुटसल प्रतियोगितामा कर्पाेरेट कार्यालय, शाखा कार्यालय र व्यवस्थापन समूहका कर्मचारीबीच मैत्रिपूर्ण प्रतियोगिता सम्पन्न भएको हो । 

कम्पनीले ‘खेलकुद मार्फत् स्वास्थ्य, एकता र ऊर्जा’ भन्ने मूल नाराका साथ आयोजना गरेको उक्त प्रतियोगितामा कम्पनीका विभिन्न विभाग र शाखाका कर्मचारीहरूले उत्साहपूर्ण सहभागिता जनाएका थिए । कार्यक्रमको उद्देश्य कर्मचारीबीच आपसी समन्वय, टीमवर्क र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै कार्यस्थलमा ऊर्जा र उत्साह थप्नु रहेको कम्पनीले जनाएको छ ।

उक्त फुटसल प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक (कीपर) र शीर्ष गोलकर्तालाई पुरस्कार समेत प्रदान गरिएको थियो । कम्पनीका सीईओ पवनकुमार खड्काले खेलकूद केवल मनोरञ्जन मात्र नभई यसले टीम भावना, आत्मविश्वास र स्वास्थ्यलाई मजबूत बनाउने भएकाले खेलकूदको महत्व दर्शाउदै कार्यक्रमको समापन गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको