Like us!
Follow us!
Connect us!
Watch us!

पुनर्बीमा कम्पनीले पुँजी बढाउनुपर्ने, कुनको कति अपुग?

अर्थ संसार

बुधबार, १७ माघ २०८०, १४ : ५६ मा प्रकाशित

पुनर्बीमा कम्पनीले पुँजी बढाउनुपर्ने, कुनको कति अपुग?

नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुको न्युनतम चुक्तापुँजी बढाउने निर्णय गरेको छ ।

प्राधिकरणले पुनर्बीमा कम्पनीहरुको चुक्तापुँजी न्युनतम २० अर्ब पुर्याउने जनाएको हो । बुधबार बिहान बसेको बीमा प्राधिकरण सञ्चालक समितिको बैठकले एक वर्ष भित्र तोकिएको पुँजी पुर्याउने गरि १५ दिन भित्र कार्ययोजना पेश गर्न पुनर्बीमा कम्पनीहरुलाई निर्देशन दिने जनाएको हो । नेपालमा हाल नेपाल रिइन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्स गरि दुई पुनर्बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् ।

नेपाल रिइन्स्योरेन्सको हालको चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपैयाँ रहेको छ भने हिमालयन रिइन्स्योरेन्सको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ । चुक्ता पुँजी बढाउन अब कम्पनीहरुसँग हकप्रद सेयर जारी गर्ने, बोनस सेयर बाँड्ने लगायत विकल्पहरु रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको