Like us!
Follow us!
Connect us!
Watch us!

यती एयरले भित्र्यायो थप दुई एटिआर-७२ जहाज

अर्थ संसार

विहीबार, १८ माघ २०८०, २० : ३१ मा प्रकाशित

यती एयरले भित्र्यायो थप दुई एटिआर-७२ जहाज

यती एयरलाइन्सले आफ्नो फ्लीटमा थप दुई एटिआर ७२-५०० जहाज थपेको छ ।

यतीले खरीद गरेको दुई जहाज आज बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । नयाँ विमान थपेसँगै अब यतीको जहाज संख्या सात पुगेको छ । ७२ सिट क्षमताका उक्त दुई विमान यती एयरले बङ्गलादेशको नोभा एयरसँग खरिद गरेको हो ।

नयाँ विमानहरुले ९ एन-एओएफ र ९ एन-एओएच कल साइन पाएका छन् । नयाँ विमानहरुमार्फत अब १० दिनभित्र सेवा सुचारु गरिने कम्पनीले जनाएको छ । यती एयरले देशका काठमाडौं, पोखरा, विराटनगर, चन्द्रगढी, भैरहवा, जनकपुर लगायत शहरमा सेवा प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको