Like us!
Follow us!
Connect us!
Watch us!

अपर तामाकोशीको सेयर लिलामी: १४६ मा हाल्नेको खुसी टिकेन, सोमबार पैसा फिर्ता

अर्थ संसार

आइतबार, २१ माघ २०८०, ०७ : ०० मा प्रकाशित

अपर तामाकोशीको सेयर लिलामी: १४६ मा हाल्नेको खुसी टिकेन, सोमबार पैसा फिर्ता

प्रारम्भिक कट अफ मूल्य १४६ रुपैयाँ कायम भएको भनेको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको अन्तिम मूल्य कटअफ रु. १४७ तोकिएको छ। 

१४७ रुपैयाँ र त्यस भन्दा धेरैमूल्य मा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको कम्पनीले भनेको छ। 

कम्पनीले लिलामीमा ल्याएको  १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता अवितरित हकप्रद सेयरहरु कम्पनीको संचालक समितिको माघ १७ गतेको बैठकको बाँडफाँड भएको सूचनामा उल्लेख छ। 

बाँडफाँडमा नपरेका आवेदकहरुको सेयर वापतको रकम फिर्ता भुक्तानी मिति २०८० माघ २२ गते सोमबारदेखि आवेदन फाराममा उल्लेख गरेको बैंक / वित्तीय संस्थाको खातामा IPS मार्फत रकमान्तर गरिने  कम्पनीले भनेको छ। 

कम्पनीले  पुस १३ गतेदेखि पुस २९ गतेसम्म सर्बसाधारण समुहको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता लिलाममा ल्याएको थियो । 

कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म १:१ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा सर्वसाधारणलाई ५ करोड १८ लाख ९१ हजार निष्काशन भएकोमा योग्य रहेका आवेदकलाई ३ करोड ४८ लाख ७१ हजार ४ सय ७० कित्ता सेयर बाँडफाँड गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको