Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफ इन्स्योरेन्सको ईपीएस २०.५२ रुपैयाँ, अरु सूचक पनि सन्तोषजनक

अर्थ संसार

आइतबार, २१ माघ २०८०, ०९ : ०६ मा प्रकाशित

सन नेपाल लाइफ इन्स्योरेन्सको ईपीएस २०.५२ रुपैयाँ, अरु सूचक पनि सन्तोषजनक

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। समग्रमा कम्पनीको प्रदर्शन सन्तोषजनक देखिन्छ। 

खुद नाफा

यस आर्थिक वर्षको पहिलो छ महिनामा यस कम्पनीको खुद नाफा ३२ करोड ८४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीको नाफा ३५ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।जुन ७.२२ प्रतिशतले कम हो ।

बीमाशुल्क आर्जन

कम्पनीले दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ७७ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ९६ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। यो ९.४३ प्रतिशतले कम हो।

तेस्तै समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ५८ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ५८ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। जुन ०.१३ प्रतिशतले घटेको छ।

चुक्तापुँजी
३ अर्ब २० करोड रुपैयाँ

सेयर प्रिमियम
१ अर्ब २६ करोड ७६ लाख रुपैयाँ सञ्चित

महाविपत्ति कोष
१२ करोड ३५ लाख रुपैयाँ

रिटेन्ड अर्निङ
 १ अर्ब ७ करोड ५० लाख रुपैयाँ

प्रति सेयर आम्दानी (ईपीएस)
२०.५२ रुपैयाँ

पीई रेसियो
२८.०९ गुणा

प्रति सेयर नेटवर्थ
 १८७.०४ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको