Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफको हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

विहीबार, ०४ बैशाख २०८२, ०७ : ५६ मा प्रकाशित

सन नेपाल लाइफको हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सेयरधनीहरूसँग आज (२०७९ वैशाख ४ गते) भित्र हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम अवसर रहेको छ।

कम्पनीले भोलि (वैशाख ५ गते) बुक क्लोज गर्ने भएकाले, आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्र हकप्रदमा दाबी गर्न योग्य हुनेछन्।

कम्पनीले आफ्ना सेयरधनीहरूलाई २७ प्रतिशत हकप्रद सेयर जारी गर्ने योजना बनाएको छ। यो अनुपात १:०.२७ को हुनेछ, अर्थात् हाल कायम १० कित्ता सेयरको आधारमा २.७ कित्ता हकप्रद सेयर पाउने व्यवस्था छ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले चैत ३ गते नै हकप्रद निष्कासनका लागि अनुमति प्राप्त गरिसकेको छ। कम्पनीले कुल १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बजारमा ल्याउनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको