Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने म्याद थप

अर्थ संसार

सोमबार, १९ जेठ २०८२, ०८ : २८ मा प्रकाशित

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने म्याद थप

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरिएको छ। मागअनुसार पर्याप्त आवेदन नपरेपछि सेयर बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले म्याद थप गरिएको जानकारी दिएको हो।

यसअघि कम्पनीको हकप्रद सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। अब भने सेयरधनीहरूलाई असार ३ गतेसम्म बैंकिङ समयभित्र आवेदन दिन सकिनेछ।

सन नेपाल लाइफले गत वैशाख ३० गतेदेखि हकप्रद सेयर बिक्री खुला गरेको हो। कम्पनीले हाल कायम चुक्तापुँजीको २७ प्रतिशत अर्थात १ः०.२७ अनुपातमा हकप्रद सेयर निष्कासन गरिरहेको छ। कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता सेयर, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ, जारी गरिएको छ। यसबाट कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको पूँजी संकलन गर्ने योजना बनाएको हो।

सेयरधनीहरूले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, सन नेपाल लाइफका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।

कम्पनीले हकप्रद सेयर निष्कासनका लागि वैशाख ५ गते बुक क्लोज गरेको थियो। त्यसअघिको दिन अर्थात वैशाख ४ गतेसम्म कायम सेयरधनीहरूले मात्र यो हकप्रद सेयरमा आवेदन दिन योग्य छन्।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको