Like us!
Follow us!
Connect us!
Watch us!

नेपालले क्यानडालाई दियो दुई सय २५ रनको लक्ष्य

अर्थ संसार

विहीबार, २५ माघ २०८०, १३ : २२ मा प्रकाशित

नेपालले क्यानडालाई दियो दुई सय २५ रनको लक्ष्य

एकदिवसीय सिरिजअन्तर्गत आज जारी खेलमा नेपालले क्यानडालाई पहिलो खेलमा जीतका लाग दुई सय २५ रनको लक्ष्य पेश गरेको छ ।

काठमाडौं त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा नेपालले टस जितेर ब्याटिङ गरेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाए भने आरिफ सेखले ३८, सोमपाल कामीले २७ र कुशल मल्लले २० रनको योगदान दिए । भिम सार्कीले १७, पवन सर्राफले १५ रन बनाउँदै शुरूवात पाए पनि ठूलो स्कोर बनाउन सकेनन् ।

बलिङतर्फ क्यानडाका लागि उदय भगवानले तीन विकेट लिँदा साद बिन जफर र इश्वरजोत सोहीले २-२ विकेट हासिल गरे । आजको खेलमा नेपालका लागि देब्रे हातका स्पीनर सुर्य तामाङ र देब्रे हातका सीमर रिजन ढकालले डेब्यु गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको