Like us!
Follow us!
Connect us!
Watch us!

रोचक खेलमा क्यानडालाई नेपालले सात रनले हरायो

अर्थ संसार

विहीबार, २५ माघ २०८०, १६ : ५६ मा प्रकाशित

रोचक खेलमा क्यानडालाई नेपालले सात रनले हरायो

एकदिवसीय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको छ ।

काठमाडौं त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा नेपालले टस जितेर ब्याटिङ गरेको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाए भने आरिफ सेखले ३८, सोमपाल कामीले २७ र कुशल मल्लले २० रनको योगदान दिए । भिम सार्कीले १७, पवन सर्राफले १५ रन बनाउँदै शुरूवात पाए पनि ठूलो स्कोर बनाउन सकेनन् ।

बलिङतर्फ क्यानडाका लागि उदय भगवानले तीन विकेट लिँदा साद बिन जफर र इश्वरजोत सोहीले २-२ विकेट हासिल गरे । त्ससपछि जवाफी ब्याटिङ थालेको क्यानडाको इनिङ निकै रोचक बन्यो । खेल कहिले नेपाल त कहिले क्यानडाको पक्षमा ढल्के पनि अन्तिममा दबाब झेल्दै नेपालले क्यानडालाई दुई सय १७ रनमा सीमित गर्दै जीत हासिल गर्यो । क्यानडाका निकोलस किर्तोनले ६८ तथा पर्गत सिंहले ५० रन बनाए । त्यसबाहेक हर्ष थाकेरले ३२ र आरोन जोन्सनले २० रनको योगदान दिए ।

बलिङतर्फ नेपालका रोहित पौडेलले चार विकेट चट्काउँदा ललित राजवंशीले दुई विकेट लिए । आजको खेलमा नेपालका लागि देब्रे हातका स्पीनर सुर्य तामाङ र देब्रे हातका सीमर रिजन ढकालले डेब्यु गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको