Like us!
Follow us!
Connect us!
Watch us!

फागुन १ गतेदेखि गोपी कृष्ण हल बन्द हुने

अर्थ संसार

शुक्रबार, २६ माघ २०८०, १६ : ५२ मा प्रकाशित

फागुन १ गतेदेखि गोपी कृष्ण हल बन्द हुने

आगामी फागुन १ गतेदेखि गोपी कृष्ण बन्द हल हुने भएको छ ।

हलका प्रबन्ध निर्देशक निरक पौडेलद्वारा सार्वजनिक प्रेस विज्ञप्ति अनुसार कोरोनाकालका कारण आएको व्यवसायिक मन्दीका कारण कम्पनीले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणलीले गर्दा हल बन्द गर्ने अवस्थामा पुगेको जनाइएको छ । जारी विज्ञप्तिमा लेखिएको छ, "२०५२ साल देखि संचालनमा आएको गोपी कृष्ण मुभिज् प्रा. लि चावहिल २०८० साल फाल्गनु १ गते देखि बन्द हुने व्यहोरा दुःखका साथ जानकारी गराउदछौं ।"

विज्ञप्तिमा चलचित्र निर्माण, प्रदशन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको व्यवसायलाई बन्द गर्नुको पीडा ब्यक्त गर्न नसकिने उल्लेख गर्दै सबैबाट प्राप्त सहयोग, सद्भाव तथा आत्मीयताका लागि दर्शकवृन्द, चलचित्र निर्माता, वितरक, प्रदर्शक तथा चलचित्र क्षेत्रका सबै संघ संस्थाहरु, सरकारी निकायहरु प्रति हार्दिक आभार तथा धन्यवाद पनि व्यक्त गरिएको छ ।

पछिल्लो समय काठमाडौं महानगरले हलले मनोरञ्जन कर लगायतका शीर्षकमा करिब ३० लाख कर नतिरेको भन्दै कर तिर्न ताकेता गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको