Like us!
Follow us!
Connect us!
Watch us!

यातायात व्यवस्था विभागका महानिर्देशक रिजाललाई कालोमोसो दलियो

अर्थ संसार

सोमबार, २९ माघ २०८०, ११ : २२ मा प्रकाशित

यातायात व्यवस्था विभागका महानिर्देशक रिजाललाई कालोमोसो दलियो

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाललाई कालोमोसो दलिएको छ ।

नक्कली लाइसेन्स प्रकरणमा संलग्न रहेको भन्दै मोहन वैद्य सम्बद्ध क्रान्तिकारी युवा संगठनले कालोमोसो दलिदिएको हो । संगठनको एक समूहले मीनभवन कार्यालय मै पुगेर बिहान १०:१५ बजेतिर दुर्व्यवहार गरेको जनाइएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । लाइसेन्स प्रकरणमा अहिले अख्तियारले छानबिन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको