Like us!
Follow us!
Connect us!
Watch us!

क्यानडाविरुद्ध नेपालको क्लिनस्वीप, तेस्रो खेलमा ९ विकेटले विजयी

अर्थ संसार

सोमबार, २९ माघ २०८०, १६ : ०६ मा प्रकाशित

क्यानडाविरुद्ध नेपालको क्लिनस्वीप, तेस्रो खेलमा ९ विकेटले विजयी

एकदिवसीय सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले क्यानडामाथि ९ विकेटको सहज जीत हात पार्दै सिरिज क्लिनस्वीप गरेको छ ।

काठमाडौं त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा नेपालले टस जितेर बलिङ गरेको थियो । बलिङको निर्णय सही सावित गर्दै नेपालले क्यानडालाई निर्धारित ५० ओभरमा २ सय ३२ रनमा सीमित राख्न सफल भयो । क्यानडाका लागि नवनित धलिवालले सर्वाधिक ५० रन बनाउँदा निखिल दत्ताले ४५ र कप्तान साद बिन जफरले ३१ रनको योगदान दिए । बलिङतर्फ नेपालका हेमन्त धामीले आफ्नो डेब्यु खेलमै ३ विकेट चट्काउन सफल भए भने कुशल मल्लले पनि दुई विकेट हासिल गरे ।

प्रतिउत्तरमा दुई सय ३३ रनको लक्ष्य नेपालले एक विकेट मात्र गुमाउँदै ४४.३ ओभरमा पूरा गर्यो । नेपालका लागि दुई खेलाडीले शतकीय योगदान दिए । ओपनर अनिल शाहले ११२ रनको उत्कृष्ट पारी खेल्दा तेस्रो नम्बरमा आएका भीम सार्कीले पनि १०१ रनको योगदान दिए । अर्का ओपनर कुशल भुर्तेलले १३ रन बनाए ।

यस सँगै नेपालले तीन खेलको शृङ्खला ३-० ले जितेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको