Like us!
Follow us!
Connect us!
Watch us!

फेब्रुअरी १४ लक्षित गरि  हट एयर बेलुनमा १४ प्रतिशत छुट, अफर फेब्रुअरी २० सम्म

अर्थ संसार

सोमबार, २९ माघ २०८०, १७ : ०३ मा प्रकाशित

फेब्रुअरी १४ लक्षित गरि  हट एयर बेलुनमा १४ प्रतिशत छुट, अफर फेब्रुअरी २० सम्म

यस वर्षको भ्यालेन्टाइन डे (प्रणय दिवस) को अवसरमा विशेष छुटमा हट एयर बेलुन उड्न पाइने भएको छ । 

नेपालमा एक मात्र हट एयर बेलुन सन्चालन गरिरहेको कम्पनी बेलुन नेपालले भ्यालेन्टाइन डेको अवसरमा १४ प्रतिशत छुट अफर दिइएको  कम्पनीका अध्यक्ष बिक्रम बाडेले जानकारी दिए ।

आधा घन्टा उडानको नेपाली पर्यटकले ९५०० सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्छ । जसमा अहिले १४ प्रतिशत छुट पाउँदा ८१७० रुपैयाँ मा हट एयर बेलुन उड्न सकिने बाडेले जानकारी दिए । छुट प्राप्त गर्न २ जनाको लागि बुकिङ गर्नु पर्नेछ ।

तातो हावाले भरिएको बेलुनमा बसेर हावामा कावा खाँदै मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो हट एयर बेलुन । 

जमिनको सतहबाट ९ हजार फिटसम्म उड्न सकिने यसबाट पोखरा शहर, फेवाताल, पुम्दीकोट र सराङकोटसँगै फराकिलो हिमश्रृङ्खला हेर्न सकिन्छ । यस्तै फिसटेल, अन्नपूणर् तथा धौलागिरि हिमश्रृङ्खलाहरू तथा विभिन्न तालहरूको समेत दृश्यावलोकन गर्न सकिन्छ । 

बेलुन आकारमा देखिने यसको ‘इनेभेलप’भित्र पङ्खाले हावा भरिन्छ । बेलुन आकारमा आइसकेपछि ग्यासबाट आगो बालेर उक्त हावालाई तताइन्छ । तातो हावाले बेलुनको उचाइ लिन्छ र हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान गर्छन् । २१ मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्ग मिटरको बास्केट जडित छ । बास्केटमा आठ जनाले एकैपटक यात्रा गर्न सक्दछन् ।

बेलुन उडानमा के ख्याल गर्ने ?

सूर्योदय मन पर्नेले बिहानको उडान रोज्न सक्छन् भने सूर्यास्त मन पराउनेले साँझको । दिउँसोको समयमा हावाको गति बढी हुने भएकाले बिहान र साँझतिरको समय हट एयर बेलुनका लागि उपयुक्त मानिन्छ । 

उचाइको उडान हुने भएकोले पन्जा र टोपीसहित न्यानो कपडा लगाउनु राम्रो हुन्छ । हिल भएको जुत्ता चप्पल भन्दा स्पोर्ट्स जुत्ता लगाउनु उत्तम हुन्छ । टाढा देखिएका दृश्य नजिकै हेर्न मन लागे दूरबिन लैजान सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको