Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल र भारतबीच दुईदेशीय विद्युतीय भुक्तानी प्रणालीका लागि नियामकीय संयन्त्र स्थापना गर्ने सम्झौता

अर्थ संसार

शुक्रबार, ०४ फागुन २०८०, १७ : ३७ मा प्रकाशित

नेपाल र भारतबीच दुईदेशीय विद्युतीय भुक्तानी प्रणालीका लागि नियामकीय संयन्त्र स्थापना गर्ने सम्झौता

नेपाल र भारतबीच दुईदेशीय विद्युतीय भुक्तानी प्रणाली विकास गर्नका लागि नियामकीय संयन्त्र स्थापना गर्ने सम्झौता भएको छ ।

नेपाल र भारतबीच सहज, सुलभ र सुरक्षित विद्युतीय भुक्तानी प्रणालीको विकास गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंक (आरबीआई) बीच भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (युपिआई) र नेपालको नेसनल पेमेन्ट इन्टरफेस (एनपिआई) मा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको हो । भारतीय रिजर्व बैंकका गभर्नर शक्तिकान्त दास र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा उक्त समझदारीमा हस्ताक्षर गरिएको हो ।

बिहीबार भएको समझदारीको टर्म्स अफ रिफरेन्समा द्रुत गतिको भुक्तानी प्रणालीको विकास गर्न प्रणाली स्थापना गर्ने पनि लेखिएको छ । यस प्रणालीले दुई देशबीचको विप्रेषण प्रवाहलगायत फन्ड ट्रान्सफरमा सहजता तथा तीव्रता ल्याउने विश्वास गरिएको छ । सम्झौता पछि आरबिआईले दुई देशबीचको आर्थिक कनेक्टिभिटी अझ प्रगाढ हुने उल्लेख गर्दै ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्ध थप सुदृढीकरण हुने बताएको छ ।

यस क्रस बोर्डर युपिआईको औपचारिक उद्घाटन भने केही समय पश्चात् हुने जनाइएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा दुईदेशीय विद्युतीय भुक्तानी प्रणाली विकास गर्न एमओयु भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको