Like us!
Follow us!
Connect us!
Watch us!

सन सेक्युरिटिजले सुरु गर्यो ‘सन विथ कम्युनिटि’ कार्यक्रम

अर्थ संसार

आइतबार, १३ फागुन २०८०, ०८ : १९ मा प्रकाशित

सन सेक्युरिटिजले सुरु गर्यो ‘सन विथ कम्युनिटि’ कार्यक्रम

सन सेक्युरिटिज कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौं महानगरपालिका वडा नं. ०१ सँगको सहकार्यमा “सन विथ कम्युनिटि” कार्यक्रमको सुरुवात गरेको छ ।

सन सेक्युरिटिज प्रा.लि.को कार्यालय नक्सालमा काठमाडौं महानगरपालिका वडा नं. ०१ मा बसोबास गर्ने स्थानीय वासिन्दाहरुलाई समेटेर कार्यक्रमको थालनी गरिएको हो । कार्यक्रम अन्तरगत सन सेक्युरिटिज प्रा.लि.ले वडा नं.०१ का स्थानीय वासिन्दाहरुलाई सेयर बजार तथा लगानी सम्बन्धी १ दिने तालिम तथा सचेतना प्रदान गरिएको छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ०१ का सचिव सर्वज्ञ राज पौडेलको प्रमुख आतिथ्य तथा सन सेक्युरिटिजका कार्यकारी अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । सन विथ कम्युनिटि कार्यक्रम अन्तरगत आजको कार्यक्रममा सेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरिएको थियो ।

जसमा सेयर बजारको वर्तमान अवस्था, सेयरबजारमा निहित जोखिम तथा यसको व्यवस्थापन, सेयर बजारमा लगानी गर्ने समय र तरिका लगायतका विषयमा तालिम प्रदान काठमाडौँ महानगरपालिका ०१ भित्र समुदायलाई लाभ हुने गरी सञ्चालित यस प्रकारको कार्यक्रमबाट ०१ नं. वडाबासीहरु लाभान्वित हुने बताए ।

साथै सेयरबजारमा लगानीगरी स्थानीयले अतिरिक्त लाभ आर्जन गर्न सक्ने भएको हुँदा प्राथमिक बजार तथा दोश्रो बजारमा बुझेर मात्रै लगानी गर्नुपर्ने बताए । यसैगरी कार्यक्रमका अध्यक्ष तथा सन सेक्युरिटिज प्रा.लि.का कार्यकारी अध्यक्ष कृष्ण गिरीले सन सेक्युरिटिज प्रा.लि.ले यस काठमाडौं महानगरपालिका वार्ड नं. ०१ भित्र धितोपत्र ब्रोकर व्यवसाय सञ्चालन गर्दैगर्दा यसको लाभ सम्पूर्ण ०१ नं. वडाका बासिन्दाहरुले पाउन सक्नुहोस् भनेर व्यवसायलाई कम्युनिटिसँग जोड्ने पहलस्वरुप यस प्रकारको कार्यक्रको शुरुवात गरिएको बताए ।

साथै उनले यस्तो कार्यक्रम हरेक महिनाको दोश्रो शुक्रबार सञ्चालन गरिने बताए । यसबाहेक पनि सम्पूर्ण वडा नं. १ बासी स्थानीयहरुले सन सेक्युरिटिजको कार्यालयमा कार्यालयसमयभित्र आई शेयर बजार तथा लगानीका विषयमा रहेका आफ्ना समस्या तथा जिज्ञासाहरु राख्न सक्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको