Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तालाई अत्याचार गर्दै लक्ष्मी सनराइज क्यापिटल, अझै फिर्ता गरेन तामाकोशीको लिलामी सेयरको पैसा

अर्थ संसार

आइतबार, १३ फागुन २०८०, १२ : ०९ मा प्रकाशित

लगानीकर्तालाई अत्याचार गर्दै लक्ष्मी सनराइज क्यापिटल, अझै फिर्ता गरेन तामाकोशीको लिलामी सेयरको पैसा

"अति गर्नु अत्याचार नगर्नु" भन्ने उखानलाई नै चुनौती दिँदै लक्ष्मी सनराइज क्यापिटलले अप्पर तामाकोशीको लिलामीमा राखिएको हकप्रद सेयर किन्ने  लगानीकर्तालाई हदैसम्मको अत्याचार गरेको छ । 

क्यापिटलले माघ ५, ६ र ७ गते तीन दिन लगाएर सिलबन्दी बोलपत्र खोलेको थियो भने त्यसको १० दिन पछि मात्रै माघ १७ गते लिलामी सेयर बाँडफाँड गरेको थियो । लिलामी प्रक्रिया नै कछुवा गतिमा अघि बढाएको क्यापिटलले हाल बाँडफाँडको एक महिना पुग्न लाग्दासमेत धेरै लगानीकर्ताहरुको रकम अझै पनि बन्धक बनाएर राखेको छ । 

क्यापिटलले जारी गरेको सूचना अनुसार माघ २२ गतेदेखि बाँडफाँडमा नपरेका आवेदकको सेयर बापतको रकम सम्बन्धित खातामा भुक्तान गरिने लेखिएको छ तर आज फागुन १३ गते सम्म पनि खातामा पैसा नआएको लगानीकर्ताले अर्थसंसारलाई विवरण पठाउदै गुनासो गरेका छन् ।

यसबारे थप जानकारी लिन खोज्दा क्यापिटलले एक्सटेन्सन लाइनमार्फत अर्थसंसार संवाददातालाई झुलाइरहने काम गरेको छ । माउ बैंकको मर्जरपछि क्यापिटल पनि मर्जर गराउँदा शुरु भएको किचलोले यसपटक आम लगानीकर्ता मारमा परेका छन् ।

उसो त लिलाम प्रक्रियाको सुरुवात देखि नै क्यापिटलको व्यवस्थापन निकै भद्रगोल नै रहेको थियो । फर्म लिएर क्यापिटल पुगेका लगानीकर्ताले पुरै दिन नै माया मारेर भिड र असुविधा सहनुपरेको थियो । यस्तै कति आवेदन दिन पुगेका लगानीकर्ताले त क्यापिटलको परिसरमा भएको हुल र एकदम कमजोर व्यवस्थापनका कारण आवेदन नै नदिएर फर्केको टिप्पणी गरेका थिए ।

अपर तामाकोशीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म चुक्ता पूँजीको १० अर्ब ५९ करोड रुपैयाँको १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्य सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख १९ हजार ५३० कित्ता बिक्री भएको थिएन । बिक्री नभएको उक्त सेयर गत पुस १२ गतेदेखि पुस २९ गतेसम्म लिलामीमार्फत बिक्री खुला गरेको थियो । लिलामी सेयरको कटअफ मूल्य १४७ रुपैयाँ कायम भएको क्यापिटलले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको