Like us!
Follow us!
Connect us!
Watch us!

भारत पुगेको दशौँ गैँडाको उद्धार

सोमबार, ०४ मंसिर २०७४, ११ : २९ मा प्रकाशित

भारत पुगेको दशौँ गैँडाको उद्धार

अर्थ संसार, चितवन–साउन अन्तिम साता आएको बाढीका कारण बगाएको थप एउटा गैँडा भारतको पिप्रासीबाट आइतबार उद्धार गरी आज बिहान यहाँको सामुदायिक वनमा छाडिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार नेपाली सीमा क्षेत्रबाट ४० किलोमिटर पर उत्तरप्रदेश र बिहारको सीमा क्षेत्रबाट उद्धार गरी ल्याइएको सो गैँडालाई सौराहा नजिकै जनकौली सामुदायिक वनमा छाडिएको हो ।

यसअघि गैँडा उद्धारका लागि चार हात्तीसहित प्राविधिक टोली र सुरक्षाकर्मी खटिने भए पनि अहिले ६ वटा हात्ती पठाइएको थियो । विगतमा झैंँ प्राविधिक टोली र सुरक्षाकर्मी नेपालबाट खटिएका थिए ।

भारतीय पक्षबाट पनि सुरक्षाकर्मी र कर्मचारी परिचालन भएको कँडेलले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको