Like us!
Follow us!
Connect us!
Watch us!

टी–२० सिरिजको पहिलो खेलमा नेपाल र नामिबिया भिड्दै

अर्थ संसार

मंगलबार, १५ फागुन २०८०, ०८ : १८ मा प्रकाशित

टी–२० सिरिजको पहिलो खेलमा नेपाल र नामिबिया भिड्दै

Photo:CAN

नेपाल, नामिबिया र नेदरल्याण्डस सम्मिलित त्रिदेशीय टी–२० सिरिज आजदेखि सुरु हुँदैछ । सिरिज अन्तर्गतको  आज पहिलो खेलमा आज नेपाल र नामिबियाबीच खेल तय भएको छ। 

खेल कीर्तिपुर टीयू क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।

नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

आईसीसीको टी–२० वरियतामा तीन देशमध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आईसीसी वरियतामा ११औँ स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औँ तथा नेपाल १६औँ स्थानमा छ ।

यस्तो छ खेल तालिका
फागुन १५ गते– नेपाल र नामिबिया
फागुन १६ गते– नेपाल र नेदरल्याण्डस
फागुन १७ गते– नामिबिया र नेदरल्याण्डस
फागुन १८ गते– नेपाल र नामिबिया
फागुन १९ गते– नेपाल र नेदरल्याण्डस
फागुन २० गते–  नामिबिया र नेदरल्याण्डस
फागुन २२ गते– फाइनल खेल ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको