Like us!
Follow us!
Connect us!
Watch us!

समयमै कर्जा तिर्न नसकेपछि नेपाल वेयरहाउजिङको इक्रा रेटिङ घटुवा

अर्थ संसार

मंगलबार, १५ फागुन २०८०, १२ : १० मा प्रकाशित

समयमै कर्जा तिर्न नसकेपछि नेपाल वेयरहाउजिङको इक्रा रेटिङ घटुवा

समयमा कर्जा भुक्तान गर्न नसकेपछि इक्रा नेपालले नेपाल वेयरहाउजिङको रेटिङ घटुवा गरिदिएको छ ।

कम्पनीको लङ टर्म लिमिट र सर्ट टर्म लिमिट दुवै थरी रेटिङ घटुवा भएको हो । यसअघि लङ टर्म लिमिट इक्रा एनपि एल डबल बि- रहेको रेटिङ अहिले घटुवा भएर इक्रा एनपि एल डि पुगेको छ । यसैगरी लङ टर्म लिमिटको रेटिङ इक्रा एनपि ए४ बाट घटुवा भएर इक्रा एनपि डि पुगेको छ ।

कर्जा भुक्तानीमा ३० दिन भन्दा बढी ढिलाई भएका कारण रेटिङ घटुवा भएको इक्राले जनाएको छ । कम्पनीले २०२३ को मध्य अक्टोबर र २०२४ को मध्य जनवरी तिर्नु पर्ने दायित्व समयमै तिर्न नसकेको इक्राले उल्लेख गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको