Like us!
Follow us!
Connect us!
Watch us!

टिट्वान्टी सिरिज : नामिबियाविरुद्ध नेपालको हार

अर्थ संसार

मंगलबार, १५ फागुन २०८०, १४ : ५८ मा प्रकाशित

टिट्वान्टी सिरिज : नामिबियाविरुद्ध नेपालको हार

त्रिकोणात्मक टिट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।

काठमाडौं त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा नामिबियाले टस जितेर ब्याटिङ गरेको थियो । ब्याटिङ निर्णय सही सावित गर्दै नामिबियाले निर्धारित २० ओभरमा २ सय ६ रनको विशाल स्कोर खडा गर्न सफल भयो । उसका जेन निकोल लफ्टी इटनले कीर्तिमानी शतकसहित १०१ रन बनाउँदा ओपनर मलान क्रुगरले पनि ५९ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका रोहित पौडेलले दुई विकेट लिँदा करन केसी र अविनाश बोहोराले १-१ विकेट चट्काउन सफल भए । दुई सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा सीमित हुनपुग्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रन बनाउँदा रोहित पौडेलले ४२ र कुशल मल्लले ३२ रन बनाए । बलिङतर्फ नामिबियाका रुबेल ट्रम्पलम्यान चार विकेट लिन सफल रहे ।

घरेलु टोली नेपाल, नामिबिया र नेदरल्यान्ड सहभागी यस  शृङ्खलामा टोलीहरुले एक अर्कासँग दुई पटक खेल्नेछन् । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको पहिलो त्रिदेशीय शृङ्खला खेल्न आएका टोलीहरुसँग यस सिरिज आयोजना गरिएको हो । लिग २ मा भने नेपालले एक खेलमा जीत प्राप्त गर्दा तीन खेलमा हार बेहोरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको